गुल्मीमा देउसी भैलो राति ९ बजे सम्म मात्र खेल्न पाइने

उपकार अनलाईन, रुपन्देही ।

गुल्मी। यस पटक तिहारमा राती ९ बजेसम्म मात्र देउसी–भैलोे खेल्न पाइने गुल्मीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय
गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेलेका अनुसार तिहारमा राती ९ बजेसम्म मात्रै देउसी तथा भैलो जस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्न गराउन पाइने छ ।

तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्फोटक पदार्थ पटकाहरुको ओसारप्रसार, खरिद, बिक्रीमा रोक लगाएको छ । आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले रोक लगाएको साहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation