रुपन्देही ५ निर्वाचन : सत्ता गठबन्धनबाट विद्यार्थी परिचालनको जिम्मा मनाेज क्षेत्रीलाई

प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनका लागि विद्यार्थी परिचालन संयोजकको जिम्मेवारी मनाेज क्षेत्रीले पाएका छन ! नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पत्र मार्फत क्षेत्रीलाई विद्यार्थी परिचालन जिम्मेवारी दिएको हाे !

विद्यार्थी राजनीतिमा सक्रिय क्षेत्री नेपाल विद्यार्थी संघ , सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका इकाई सभापति पनि हुन । मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ लोकतान्त्रिक गठवन्धनको जित हासिल गर्ने गरि काम गर्ने दाबी संयोजक क्षेत्रीले गरे ।

गठबन्धनका उम्मेद्बार लाई जिताउन आफुहरु प्रतिबद्ध भएर लाग्ने उनलेे बताए । “मलाई बिश्वास गरेर मलाई जिम्मेवारी दिनु भएकाे छ याे जिम्मेवारी पूरा गर्ने म प्रतिबद्ध छु ” उनले भने “रुपन्देही क्षेत्र नम्बर ५ मा गठवन्धनका उम्मेद्बारकाे जित सुनिश्चित छ । उम्मेद्बार लाई जिताउन हामी प्रतिबद्ध छाैँ ”

मतदातालाई निर्वाचन शिक्षादेखि गठवन्धनका उमेदवारका एजेन्डालाई जनता समक्ष पुराउने काम प्रभावकारी रूपमा निर्वाह गर्ने आफुहरु तयार रहेको क्षेत्रीलेे बताए । संविधानकाे रक्षा र प्राप्त उपलब्धिकाे संरक्षणका लागि पनि गठवन्धनका उमेदवारले जितन आवस्यक रहेको धारणा उनको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation