पूर्व राष्ट्रिय सभा सदस्य दृर्घनारायण पाण्डेय पुनः एमालेमा फर्किए

उपकार अनलाइन, सैनामैना ।
पूर्व राष्ट्रिय सभा सदस्य दृर्घनारायण पाण्डेय पुनः एमालेमा फर्किएका छन् । ०७४ सालमा कांग्रेस परित्याग गरी एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेय यही बीचमा सांसद पद त्याग्दै कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेस प्रवेश गरी राष्ट्रिय सभा सदस्य भएका उनी आसन्न मंसिर ४ को निर्वाचनमा प्रदेश सभाको आकांक्षी थिए । कांग्रेसले टिकट नदिए पछि उनी सोमबार एमालेमा फर्किएका हुन् ।

एमाले कपिलवस्तुको पार्टी कार्यालयमा उनलाई नेताहरुले स्वागत गरेका छन् । पाण्डेय यिनै नेता हुन् जसको कारण तत्कालिन लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको थियो । उनकै कारण पोख्रेल नेतृत्वको सरकार ढलेको थियो ।

एमालेबाट सांसद रहेका उनले शंकर पोख्रेलको सरकारलाई अल्पमतमा पार्दै सांसदबाट राजीनामा दिएका थिए । कपिलवस्तुको महराजगन्ज निवासी उनी प्रतिनिधिसभा २ को प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रका मतदाता रहेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation