जन्मभूमि र कर्मभुमिको सेवा गर्न उम्मेदवारी दिएकी हुँ: रामकुमारी झाँक्री

उपकार अनलाइन, गुल्मी ।
बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफ्नो जन्म र कर्मभुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको बताउनु भएको छ । सोमवार इस्मा गाउँपालिका २ ताल्तुङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

विपक्षीले चेलीलाई पाहुर दिएर पठाउनु पर्छ भोट होइन भन्ने दिइएको अभिव्यक्तिलाई खण्डन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अहिलेको एक्काइसौं शताब्दीमा पनि छोरा र छोरी बिच विभेदपुर्ण अभिव्यक्ति दिएर प्रतिपक्षले निच मानसिकता प्रकट गरेको बताउदै कसैको संस्कृति माथी गरिएको निर्मम प्रहार आपत्तिजनक रहेको झाँक्रीको तर्क थियो । साथै झाँक्रीले भन्नु भयो ‟उनीहरुले दिएको अभिव्यक्तिले मेरो मात्रै अपमान भएको छैनन् यो संसारमा आदि आकाश ढाकेका महिला माथी समेत अपमान भएको छ ” ।

छोरी अशं र वश खोजेर बसिरहेको अहिलेको अबस्थामा पाहुरका पोका दिएर पठाउनु पर्छ भन्नु सम्पुर्ण चेली माथीको अपमान र समाजलाई ५० वर्ष पछाडी धकल्ने काम भएको झाँक्रीले उल्लेख गर्नु भयो । आफू न्याय र समानताको लागि लडदै आएको बताउदै कसैको व्याक्तिगत जिवनलाई जोडेर अभिव्यक्ति नदिन झाँक्रीले चेतावनीसमेत दिनु भएको छ । राजनीतिक जीवन सार्वजनिक हुन्छ , राजनीतिक बहस छलफल गर्न म तयार छु तर कसैको छोराछोरी श्रीमान ,घरपरिवार , माईती गाउँ , ससुराली ठाउँ, नातागोतालाई लिएर टिप्पणी गर्न नहुने उहाँले तर्क गर्नु भयो । साथै आफू गुल्मीमा आफ्नो जन्म भुमी र कर्म भुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको धारणा राख्नु भएको छ । आफू अहिले मदाने गाउँपालिकाको म्यालपोखरीमा जन्मेर उच्च शिक्षा यसै क्षेत्रमा अध्ययन गरेको जानकारी गराउदै गुल्मीका हरेक विद्यालयमा संगठन विस्तार, राजनीति भेटघाटमा खटेको झाक्रीले बताउनु भयो ।

गुल्मीको समग्र विकासको लागि कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै झाक्रीले ५ वर्ष सम्म जनताको चित्त बुझ्ने गरि विकास गर्न नसके कहिल्यै आफ्ना लागि मत माग्न नआउने प्रतिबद्धता समेर जाहेर गर्नु भयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation