तीन वर्ष अलपत्र परेको नेपाल टेलिकमको टावर सुचारु

उपकार अनलाइन, सैनामैना ।
प्यूठानको नौबहिनी ७ घोकुण्ड मैरामारेमा लामो समयको अलपत्र पछि निर्माण भएको नेपाल टेलिकमको टावर सुचारुमा आएको छ । टेलिकमको टावर सुचारु भए सङ्गै नौबहिनिका जनता खुसियाली भएका छन् ।

यस भन्दा पहिले नौबहिनी ७ स्याउले, थात्रा लगायतका जनताहरु करिव ३० देखि ४० मिनेट हिडेर फोन गर्न जाने बाध्यता टरेको नौबहिनी गाउपालिका ७ स्याउलेका स्थानिय जीवन खड्काले बताउनुभयो । ठेकेदारको लापरबाहीले गर्दा समयमा नै यहाँका जनताहरुले सन्चार सेवा पाउन सकेका थिएनन् । अहिले टावरले सेवा सुचारु गरे सङ्गै नौबहिनी गाउपालिका , प्यूठान नगरपालिकाका केही भाग र रोल्पाको लुङ्ग्री गाउपालिका र सुनिलस्मृति गाउपालिकाका जनताहरुले प्रत्यक्ष लाभ लिएको स्थानीय नेमराज घर्ती मगरले जानकारी दिनु भयो । उक्त टावर देखि अहिले टू जि र फोर जि सन्चालन भैरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation