चाडपर्वको संवर्द्धन गर्न आवश्यक छ : अध्यक्ष ओली

उपकार अनलाइन, सैनामैना ।
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक चाडपर्वको महत्त्व फरक–फरक हुने भन्दै तिनको संरक्षण, संवर्द्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार भाइटीका ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । आजको समय किंवदन्तीको नभइ तथ्य र तथ्याङ्कको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाउनुभएको हो । ओलीले बालकोटामा शुभ साइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गर्नुभयो । उहाँले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै उनीहरूलाई पनि सप्तरङ्गी टीका लगाइ दिनुभएको थियो ।

टीका ग्रहणपछिअध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताउनुभयो ।

तस्बिर : ओलीको सचिवालय

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation