आज पनि सार्वजनिक बिदाः सरकारी कार्यालय सोमवार मात्रै खुल्ने

उपकार अनलाइन, रुपन्देही ।

काठमाण्डौ । सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।

सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation