सैनामैनाका वडा अध्यक्ष पाण्डे माथी कांग्रेस कार्यकर्ताको आक्रमण (भिडियो)

उपकार अनलाइन, सैनामैना ।

सैनामैना नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भानुभक्त पाण्डे माथि बिहिवार साझ कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका छन्। बिहिवार राति बाँसगढीबाट तामनगर साथीलाई घर छोड्न जाने क्रममा सैनामैना २ कालिका चोकमा आईपुगेका वडा अध्यक्ष पाण्डेको गाडी मोटरसाईकलमा आएका कांग्रेस कार्यकर्ताहरुको समुहले रोकेर आक्रमण गरेका थिए।

आक्रमण गर्ने हरू नेपाली कांग्रेस समर्थक तरूणदलका कार्यकर्ता भएको वडाअध्यक्ष भनुभक्त पाण्डेले बताउनु भयो । “एक समुहले मेरो गाडी पछ्याउदै आएका रहेछन अचानक मेरो अगाडी मोटरसाईकल तेर्साएर सडक अवरोधगरी गाडी रोकेर मलाई र मेरो गाडीमा आक्रमण गरे“ पाण्डेले भने।

सैनामैना २ का कसिस श्रेष्ठ, सैनामैना ४ का राजन काला मगर, र सैनामैना ५ का अर्जुन भुसालले आफुमाथी आक्रमण गरेको र आक्रमणबाट आफुलाई सामान्य चोट लागेको तथा गाडिको अगाडीको सिसा फुटेको पाण्डेले बताए।

किन पाण्डे माथी आक्रमण भयो भन्ने विषय भने खुलेको छैन । पाण्डेले आफु संग कसैको केहि रिसिभी नभएको वताए । काग्रेस कार्यकर्ताको घमण्ड, जे गरेपनि हुन्छ भन्ने सोचेर यो घटना घटेको उनले उपकार अनलाइनलाई भने । आक्रमणमा सम्लग्नहरुलाई ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले नियन्त्रणमा लिएको जनाएको छ।

cctv photos

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation