ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमाको उम्मेदवारी खारेज

काठमाण्डौ । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुनुभएका कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ ।

डा. कार्की लाभको पदमा बहाल रहेकाले उहाँको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो । उजुरीका आधारमा कार्यालयले सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजात पठाएको थियो ।

उम्मेदवार डा कार्की मिति २०७८ साल पुस २ गतेदेखि चार वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रूपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम २०७९ साल वैशाख ९ गतेदेखि २०७९ साल भदौ २ गतेसम्म भत्ता बुझेको पाइएको आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation