नवलपरासीमा मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनमा २५ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation