बिस्वासीलो ढङ्गले आफुलाई मतदान गर्न झाँक्रीको आग्रह

उपकार अनलाइन, गुल्मी ।
गुल्मी क्षेत्र नं. २ मा बाम गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफुलाई एक पटक विश्वास गरेर मतदान गर्न जनतालाई आग्रह गर्नु भएको छ ।

आइतवार जिल्लाको इस्मा गाउँपालिका ४ कोटकोटरीमा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
अरुलाई पटक पटक विश्वास गरेर मत दिएर मन्त्री, सांसद बनाउनु भयो यस पटक मलाई विश्वास गरेर मत दिनुस् म सधै भरी जनताकै सेवा गर्ने छु भन्ने उहाँको भनाई थियो। साथै नेतृ झाँक्रीले भन्नु भयो “ यस पटकको निर्वाचन इतिहास बनाउने निर्वाचन हो, पुरानो बाटो भत्काएर नयाँ बाटो बनाउने अवसर यो अवसर बाट कोहि पनि नचुकौ ” ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले आफुले विकासका योजना वर्गीकरण गरेर काम गर्ने ,तिनै तहका सरकार संग समन्वय गरेर काम गर्ने बताउदै गुल्मीमा केही महत्त्वपूर्ण योजना जसले जनताको भाग्य र भविष्यको ढोका खोलिदिन्छन त्यस्ता योजना अगाडि बढाउने दावी समेत गर्नु भयो । आफू मन्त्री हुँदा जिल्लामा करिब ७÷८ अर्बका योजना भित्राएको जानकारी गराउदै अब विकास निर्माणका काम इस्माको कोटकोटेरी, कल्यार, जस्ता ठाँउबाट सुरु गर्ने समेत उहालेले आम मतदातालाई वचन दिनु भय‍ो ।

साथै फरक प्रसङ्गमा उहाँले खराब व्यक्तिर पात्रका विरुद्ध बोल्नु पर्ने बताउनु भयो । लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उहाँले उल्लेख गर्नु भयो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation