उम्मेद्वार रायमाझीको प्रतिबद्धता, जन्मथलो भलवाडको विकासमा पछि हट्ने छैन

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझीले भलवाडमा जन्म लिन पाएकोमा गर्व लागेको बताउँदै यसको विकास गर्ने कार्यमा आफु पछि नहट्ने प्रतिबद्धता जनाउनु भएको छ । आइतवार वाणगंगा नगरपालिका ९ पडेरियामा रहेको रामाकुमार बाबाको पुजामा सहभागी हुनुभएका रायमाझीले भलवाड जस्तो धार्मिक, ऐतिहासिक क्षेत्रमा जन्म लिन पाएको भन्दै खुसी ब्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य समेत रहनुभएका रायमाझीले उक्त पुजामा सामेल भएका अन्य युवा र जनता सगँ आफु यहि माटोमा जन्मेहुर्केको बताउँदै यस क्षेत्रको विकास र समृद्धिको लागी आफु निरन्तर खटिरहेको र अब झनै सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रसाद ग्रहण पश्चात युवा र जनता सगँको अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको आशिर्वाद स्वरुप अहिलेको निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताउँदै उक्त क्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य, बाढी, डुबान, भुमि सम्बन्धी समस्या लगायत सम्पुर्ण समस्याको समधानको लागी आफु जनता सङ्गै हातेमालो गरेर जाने बताउनु भएको थियो । उहाँले भलवाड सगैँ सिङ्गो जिल्लाका जनताका माग र चाहान पुरा गर्नको लागी अरु दलका जनप्रतिनिधि जस्तो आफु कुनै स्वार्थको पछि नलागी दृढता पुर्वक काममा लाग्ने बताउनु भएको थियो ।

त्यस्तै उहाँले बाणगंगा नगरपालिका धार्मिक, प्रर्यटकीय लगायत विभिन्न क्षेत्रमा धनि रहेकोले त्यसको विकास र प्रवद्र्धनको लगि पनि अहिलेको निर्वाचनमा आफु उठेको बताउँदै आगामि निर्वाचनमा आफु सङ्गै राप्रपाका उम्मेद्वारहरुलाई जिताउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation