देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको चुनावले देशमा परिवर्तन चाहने शक्तिको जित हुने बताउनुभएको छ ।

‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, चुनावमार्फत त्यो पूरा हुनेछ’, झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीले आज सोमवार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै भन्नुभयो ।

उहाँले मङ्सिर ४ को चुनावपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी पनि गर्नुभयो । अबको चुनावपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने उहाँको जिकिर थियो । उहाँले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation