शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला हुदैं

उपकार अनलाइन, सैनामैना ।

अर्घाखाँचीको शितगंगा–९, सिलिङखोलामा मथुरा एकादशी मेला तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । एकता मगर समाजको आयोजनामा  ‘पुरानो सस्कृति हाम्रो पहिचान,परम्परा जोगाउने हाम्रो अभियान’ मुख्य नारा सहित कार्यक्रम गर्न लागेको आयोजक समितिले जानकारी गराएको छ ।

एकादशीको अवसर पारेर सस्कृतीलाई जोगानका लागी स्थानिय तथा राष्ट्रिय कलाकारहरको साथमा कार्यक्रम हुने भएको हो । कार्तिक १७ गते सिलिङखोला मथुरा डाँडामा वेलुका ७ वजेबाट कार्यक्रम हुने छ । कार्यक्रममा लोक तथा दोहोरी गायक मिसन भुसाल, लोक तथा दोहोरी गायिका वर्षा लम्साल, संगीतकार गोविन्द रसाइलीको विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक धनु गाहाले जानकारी गराउनु भयो । यस्तै प्रचार प्रसारको लागि गणेश वेल्वासेलाई मिडिया संयोजक र कार्यक्रमको संचालन द्धोय अनिता क्षेत्री र भक्तिराम घिमिरेले गर्ने संयोजक गाहाले बताउनु भयो ।

कार्यक्रमलाई सव्य र भव्य रुपमा सम्पन्न गर्न प्रचार प्रसारको कामलाई व्यापक परिएको छ । अर्घाखाँचीको शितगंगा–९, सिलिङखोलामा लाग्ने मथुरा एकादशी मेला ऐतिहासीक मेला भएको कारण सवैलाइ मेला हेर्न आउन समेत निमन्त्रणा गरिएको छ । मेलामा स्थानिय कलाकारहरु साथै संघर्षशिल युवा क्लव र प्रगतिशिल युवा क्लवको विशेष प्रस्तुती रहने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation