किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा सैनामैनाका तीन जना पक्राउ

उपकार अनलाइन, सैनामैना।
१८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन्।

सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् ।

उनीहरूको खोजी तीव्र पारिएको डिएसपी अर्यालले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ ।

कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा दुवै किशोरीलाई मंगलवारराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation