गुल्मीको कालीगण्डकी नदिमा हाम फालेर एक युवक बेपत्ता

उपकार अनलाइन, गुल्मी
गुल्ममीको हर्मिचौर गाउँका एक युवक शुक्रबार दिउँसो कालिगण्डकी नदिमा हाम्फालेका छन् ।

प्रहरीका अनुसार कालिगण्डकी गाउँपालिका–१ मा पर्ने हर्मिचौरका ३५ बर्षीय टेकराजव पाण्डे कालिगण्डकी नदिको रेपका घाटको पक्की पुलबाट दिउँसो ११ बजेको समयमा हाम्फालेका हुन्। नदीमा हम्फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिनु भयो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation