वर्षा ओलीको गोलमा नेपालले बंगलादेशलाई हरायो

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। शनिबार ढाकामा घरेलु टोलीविरूद्ध १–०को जित निकाल्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको लागि वर्षा ओलीले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरिन्। पहिलो हाफ गोल रहित खेलेको नेपालले दोस्रो हाफमा गोल गरेको हो। यसअघि बिहीबार भुटानलाई ७(० गोलले हराएको थियो। जसमा वर्षाले चार गोल गरेकी थिइन‍्।

बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोलले हराएको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation