वाणगंगामा विभिन्न पार्टी परित्याग गरि १० जना राप्रपामा प्रवेश

उपकार अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा विभिन्न पार्टी परित्याग गरि बाणगंगा ४ का प्रताप सिङ थारु, कमल प्रसाद पराजुलि, नरेश कुमार थारु, सहित १० जना राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका छन । शनिवार बाणगंग नगरापलिका ४ गजेहडा स्थित क्षेत्र नम्बर १ को क र वडा नम्बर चारको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उक्त सङ्ख्यामा राप्रपामा प्रवेश गरेका हुन ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कपिलवस्तु प्रतिनिधि सभा १ का उम्मेद्वार धुव्र रायमाझीले सबैभन्दा देशभक्ति दल राप्रपा नै भएकोले अहिले राप्रपा प्रति जनलहर बढेको बताउनु भएको थियो । केहि समय पहिले ठुला दल भनिने काङ्ग्रेस, माओवादी एमाले लगयातको बाहुल्यता भएका जिल्लाहरु पनि अहिले राप्रपामय भएको भन्दै अब देश नै राप्रपामय बन्ने दाबी समेत गर्नुभएको छ । कपिलवस्तुमा पनि पहिला मधेसवादी दल र अन्य दलको प्रभाव रहेकोमा अहिले दक्षिण देखी उत्तर सम्मैका जनता राप्रपामा प्रवेश गर्ने लहर लागेकोले अहिले अन्य दलका उम्मेद्वारहरुको निद्रा भागेका समेत उहाँले जिकिर गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा क का उम्मेद्वार भोजराज आचार्यले अब देशलाई समृद्धि तर्फ लगि विश्वमै छ्ट्टै स्थान दिलाउनको लागि राप्रपालई नै भोट दिएर अहिलेको निर्वाचनमा जिताउनु पर्ने बताउनु भएको थियो । लामो समय सम्म अन्य राजनैतिक दलहरुले सासन गरेको देशमा जनचाहाना अनुसार केही नभएको भन्दै राप्रपा अन्तिम विकल्प भएको बताउनु भएको थियो । कार्यक्रम सङ्गै उक्त क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पनि गरिएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation