दक्षिण अफ्रिका नेदरल्याण्डसँग पराजित, पाकिस्तान र बंगलादेशलाई मौका

काठमाडौं । अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी–२० विश्वपकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्याण्डसँग १३ रनले पराजित भएको छ।

नेदरल्याण्डले दिएको १५९ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।

नेदरल्यान्ड्सको जितले समूह २ को समीकरण बदलिएको छ। दक्षिण अफ्रिका सेमिफाइनल दौडबाट बाहिरिएसँगै भारत एक खेल अगाडिनै अन्तिम चारमा पुगेको छ।

अब पाकिस्तान र बंगलादेशबीचको बिजेताले भारतसँगै सेमिफाइनलमा प्रवेश गर्नेछन्। यी दुईबीचको खेल केही बेरमा सुरू हुँदैछ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation