आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन गठवन्धनमा आवद्ध दलका नेताको आग्रह

बुटवल। संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न पाँच दलीय गठबन्धनमा आवद्ध दलका नेताहरुले मतदातासँग आग्रह गरेका छन् । मंसिर ४ गतेको निर्वाचन गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रतिगमनलाई पराष्त गर्न गणतनत्र बादी शक्ति गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्राध्यापक डाक्टर गाविन्दराज पोखरेलले गठबन्धनले स्थायी राजनीति र स्थायी सरकार दिने बताउनु भयो। देशलाई राजनीतिक रुपमा निकास दिने गठबनधनको दीर्घकालिन उद्वेश्य रहेको उल्लेख गर्दै देशलाई स्थायी रुपमा अगाडी बढाउन गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनु अहिलेको आवश्यक्ता रहेको उहाँको तर्क थियो।
प्यूठानका मतदाताहरुलाई गठबनधनका उम्मेदवालाई जिताउनका लागि मत दिन आग्रह गर्दै गठबनधनलाई जिताउने गरी सबै दलका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुगन आग्रह समेत गर्नु भयो। पोख्रेलले ओलीले संसद विघटन गरे पछि देश राजनीतिक र आर्थिक रुपले संकटमा परेको बताउंदै राजनीतिमा सुधार ल्याउन राजनीतिक दलहरुलाई सचेत बन्न आग्रह गर्नु भयो।पोख्रलले एमालेको लोकप्रीय चुनावी नाराले जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै ओलीको लोकप्रीय नाराले देशको विकास पनि नभएको र राजनीतिक अस्थिरता पैदा भएको दावी गर्नु भयो।

यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले भारत र राजावादी शक्तिसंग मिलेर एमालले नेपालमा हिन्दु स्रमाट ल्याउन खोजेको दावी गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबनधनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनु भयो ।नेकपा माओवादी केन्द्रका नेता यज्ञबहादुर केसीले प्रतिगामी शक्तिका बिरुद्व गणतन्त्रबादी शक्तिबीचको गठबन्धनले हारे देशले हार्ने र गणतन्त्र गुम्न सक्ने बताउनु भयो।गणतन्त्र नचाहाने एमाले राजावादी शक्तिसँग मिलेकाले वलिदान दिएर ल्उाएको संसवधान र गणतन्त्रलाई जोगाउन गणतन्त्र पक्षधर गठबनधनलाई जिताउन जिल्ला फर्कन रुपन्देहीमा बसेका प्यूठानीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य बासुदेव पोखरेलले देशको राष्ट्रिय आवश्यक्ता अनुसार पांच दलीय गठबन्धन बनेकाले अग्रगामी शक्तिलाई जिताउनुको विकल्प नभएको बताउनु भयो।उहाँले गठबन्धनले हारे भावी पुस्ता फेरी गणतन्त्रका लागि लड्नु पर्ने अवस्था आउने भएकाले सचेत भएर प्यूठानलाई गठबनध मय बनाउनुको विकल्प नभएको बाताउनु तर्क राख्नु भयो ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री तथा प्रदेश समानुपातिक उम्मेदवार निमा गिरीले प्यूठानका गठबन्धन दलमा एकअर्का बीच शङ्का गर्ने ठाँउ नरहेकाले गठबन्धनका उममेदवारहरुलाई जिताउने गरी चुनावी अभियानमा सबै लाग्न आग्रह गर्नुभयो। साथै नेपाली काङ्ग्रेस प्यूठानका पूर्व सभापति अमर भण्डारीले आ(आफ्ना पार्टीका एजेण्डा र फरक बिचार भएपनि गणतान्त्रिक वयवस्था जोगाउने लक्ष्य एउटै भएकाले गठबन्धका उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनु भयो।अर्का काङ्ग्रेस नेता शिव रिजालले प्यूठानमा गठबनधन दलका उम्मेदवारहरुको जीत सुनिश्चित भए पनि मंसिर ४ गतेसम्म निरन्तर चुनावी अभियानमा लागेर प्रतिगामी शक्तिलाई पुरै परास्त गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा धारणा राख्दै माओवादी नेतृ तथा समानुपातिक तर्फकी उम्मेदवार राधा जी.सी. व्यवसायी भरत केसी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष राम राज पोखरेल लगायतले देशलाई राजनीतिक रुपमा निकास दिन गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो।

त्यसै गरी कार्यक्रममा कांग्रेस प्युठान प्रदेश दुइका नेता बाला राम पौडेल ,अभिभाक पदम जि।सि,प्राध्यापक मुकुन्द पोख्रेल ,लिलाधर पौडेल ,नेपाली काङ्ग्रेस प्युठानकी नेतृ प्रतिभा पौडेल ,पुर्व शिक्षक तथा समाजसेबी बलदेब पोख्रेल प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष स्याम पोख्रेल ,जगत जि।सि,झबिलाल श्रेष्ठ इस्वर केसि युबा ब्यबसायी वसन्त जि।सि ,पदम पौडेल ,दिपक बस्नेत ,बिस्नु खनाल ,माधब केसि केपि पोख्रेल ,कांग्रेस नेता बाबुराम एम।सी ,अखिल नेपाल जनस्वास्थ्य संघका केन्द्रिय उपाध्यक्ष बिनोद पोख्रेल, प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य शंकर प्रसाद पोख्रेल लगायतको उपस्थिती रहेको थियो।
राष्ट्रिय जनमोर्चा प्यूठान–रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जी.सीको अध्यक्षता, प्रदीप जीसीको सञ्चालन र रामप्रसाद न्यौपानेको स्वागतमा कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation