प्युठानमा गठवन्धन दलका उमेदवारहरुलाई निर्वाचन जित्न सहज

उपकार अनलाइन, प्युठान।
आगामी मंसिर ४ का लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गठवन्धन दलका उमेदवारहरुको जित सुनिस्चित बन्दै गएको छ। संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन भएको र यो गठवन्धन निर्वाचन पश्चात् प्रतिगामी शक्ति पराष्त नहुनजेल स्थायी रुपमा रही रहने गठवन्धनमा आवद्ध दलका शिर्ष नेताहरुको तर्क छ। उसो त पाँच दलिय गठवन्धनका साझा उम्मेदवारहरुलाई नै मतदान गरि विजयी गराउन नेताहरुले मतदातासँग आग्रह गर्नु भएको छ ।

मंसिर ४ गतेको निर्वाचन गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रगिमगमनलाई पराष्त गर्न गणतन्त्र बादी शक्ति एकिकृत भई बनेको बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउनु पर्ने उहाँहरुको तर्क छ।शनिवार बुटवलमा सम्पन्न विशेष कार्यक्रमा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्राध्यापक डाक्टर गाविन्दराज पोखरेलले गठबन्धनले स्थायी राजनीति र स्थायी सरकार दिने बताउनु भयो।देशलाई राजनीतिक रुपमा निकास दिने गठबनधनको दीर्घकालिन उद्वेश्य रहेको उल्लेख गर्दै देशलाई स्थायी रुपमा अगाडी बढाउन गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउनु अहिलेको आवश्यक्ता रहेको उहाँको तर्क थियो। प्यूठानका मतदाताहरुलाई गठबनधनका उम्मेदवालाई जिताउनका लागि मत दिन आग्रह गर्दै गठबनधनलाई जिताउने गरी सबै दलका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न पोखरेलको आग्रह थियो।पोख्रेलले ओलीले संसद विघटन गरे पछि देश राजनीतिक र आर्थिक रुपले संकटमा परेको बताउंदै राजनीतिमा सुधार ल्याउन राजनीतिक दलहरुलाई सचेत बन्न आग्रह गर्नु भयो।पोख्रलले एमालेको लोकप्रीय चुनावी नाराले जनतामा भ्रम सिर्जना गरेको दावी गर्दै ओलीको लोकप्रीय नाराले देशको विकास पनि नभएको र राजनीतिक अस्थिरता पैदा भएको दावी गर्नु भयो।यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण खड्काले भारत र राजावादी शक्तिसंग मिलेर एमालले नेपालमा हिन्दु स्रमाट ल्याउन खोजेको दावी गर्दै संविधान र गणतन्त्रको रक्षाका लागि गठबनधनका उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनु भयो ।यस्तै नेकपा माओवादी केन्द्रका नेता यज्ञबहादुर केसीले प्रतिगामी शक्तिका बिरुद्व गणतन्त्रबादी शक्तिबीचको गठबन्धनले हारे देशले हार्ने र गणतन्त्र गुम्न सक्ने बताउनु भयो।गणतन्त्र नचाहाने एमाले राजावादी शक्तिसँग मिलेकाले वलिदान दिएर ल्उाएको संसवधान र गणतन्त्रलाई जोगाउन गणतन्त्र पक्षधर गठबनधनलाई जिताउन जिल्ला फर्कन रुपन्देहीमा बसेका प्यूठानीहरुलाई आग्रह गर्नु भयो।

साथ‌ै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य बासुदेव पोखरेल, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समहामन्त्री तथा प्रदेश समानुपातिक उम्मेदवार निमा गिरी, काङ्ग्रेस प्यूठानका पूर्व सभापति अमर भण्डारी, काङ्ग्रेस नेता शिव रिजाल,लगाएका नेताहरुले प्यूठानमा गठबनधन दलका उम्मेदवारहरुको जीत सुनिश्चित भए पनि मंसिर ४ गतेसम्म निरन्तर चुनावी अभियानमा लागेर प्रतिगामी शक्तिलाई पुरै परास्त गर्नु पर्नेमा जोड दिनु भयो।यस्तै माओवादी नेतृ तथा समानुपातिक तर्फकी उम्मेदवार राधा जी।सीले देशलाई राजनीतिक रुपमा निकास दिन गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिनु भएको थियो। २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक समेत नेपाली कांग्रेस, माओवादी सहितको बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार बन्नु भएको छ । उहाँसँग नेकपा एमालेका सुर्य थापाको प्रतिस्पर्धा हुँदै छ। पौडेले २०७४ को निर्वाचन थापाकै भुमिकामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। गोविन्दराज पोखरेललाई पराजित गर्नु भएको थियो। तत्कालीन निर्वाचनमा जुन पार्टीका उमेदवारलाई उम्मेदवारलाई पौडेलले हराउनु भएको थियो।

२०७० मा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी पौडेलले २०७४ मा प्यूठानबाट निर्वाचन जित्नु भएकी पौडेल तेस्रो पटक सांसद बन्ने प्रयासमा हुनुहुन्छ। पौडेल सांसद हुँदा जिल्लाको समृद्धि र विकासमा ध्यान नपुगेको सर्वसाधारण मध्ये कति पयको गुनासो छ। उता थापा पनि तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र केपी वलीको प्रेस सल्लाहकार नै हुनु भयो, जुन मन्त्री स्तरकै ओहोदामा हुँदा प्युठानले के पायो भन्ने व्यापक जनगुनासो छ। पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक संसदीय चुनावमा होमिनु भएको हो।उता थापाले निर्वाचन जिते आफू मन्त्री बन्ने संकेत गर्द‌ै आउनु भएको छ। प्युठानमा प्रदेश क मा माओवादी नेता कृष्ण अधिकारी प्रकाश र प्रदेश ख मा नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता रोज राणा उमेदवार वन्नु भएको छ। उता नेकपा एमालेले प्रदेश क मा तुल्सीराम शर्मा र प्रदेश ख मा हरी प्रसाद रिजाललाई दोस्रो पटकका लागि उमेदवार उठाएको छ।

संयुक्त बाम लोकतान्त्रिक गठवन्धनकि प्रतिनिधि सभा तर्फकी साझा उमेदवार पौडेलले अधुरा र अपुरा विकासका योजनाई प्राथमिकतामा राख्नु भएको छ।यस पटक पनि निर्वाचन जितिसकेको बताउँदै उहाँले जिल्लाको समग्र विकास र समृद्धि मा लडिरहने बताउनु भएको छ। गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन दलको मत ११ हजारले बढी छ । त्यसले पनि यस पटकको निर्वाचन एमालेलाई चुनौतीपूर्ण बन्न सक्ने देखिन्छ । यता प्रतिनिधि सभाका उमेदवार समेर रहनु भएका पोखरेलको साथ समेत गठवन्धनलाई रहँदा गठवन्धन दलका साझा उमेदवारहरुको जित सुनिश्चित जस्तै भएको हो।यस अघि प्रतिनिधि सभाको निर्वाचनमा वाम गठवन्धनबाट दुर्गा पौडेल र काङ्ग्रेस नेता पोखरेल बिच नै प्रतिस्पर्धा भएको थियो।तत्कालीन निर्वाचनमा नेकपा एमाले,नेकपा मओवादी केन्द्र र रास्ट्रिय जनमोर्चा विच चुनावी समिकरण बनेकाले पखरेले पौडेल सँग पराजित बन्नु भएको थियो।

पोखरेल नेपाली काङ्ग्रेसमा डा।शेखर कोईराला पक्षधरका एक प्रभावशाली नेता मानिनुहुन्छ।माहाधिवेशनमा कोईराला पक्षमा खुलेकाले पोखरेलले यस पटकको निर्वाचनमा टिकट नपाउनु भएको नेपाली काङ्ग्रेसको उच्च स्रोतको भनाई छ। अहिले प्रतिनिधि तथा प्रदेश सभा तर्फका उमेदवारहरुले आफ्ना चुनावी एजेन्डा सहित घरदैलो तथा जुलुस लगाएतका कार्यक्रमहरुलाई तिव्र पारेका छन्। गठवन्धनमा खटपट आउने सम्भावना नरहेको गठवन्धन दलका नेताहरुको भनाइ छ।गएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा फेरि पनि संयुक्त बाम लोकतान्त्रिक गठवन्धनका साझा उमेदवारको जित निश्चित जस्तै देखिन्छ ,यद्यपि यसको निष्पक्ष फैसला भने मंसिर ४ मा जनताको अभिमतले नै गर्ने छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation