बलात्कारको आरोपमा कपिलवस्तुका २० वर्षीय युवा पक्राउ

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुमा एक जना २८ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पासीले ती महिलालई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation