सुकुम्बासीलाई लालपुर्जा दिन नसके हामिले बनाउने सरकारको पनि अर्थ रहदैन: बलदेव

उपकार अनलाइन, कपिलवस्तु ।
नेकपा माओवादी केन्द्रका सचिव तथा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेद्वार चक्रपाणि खनाल बलदेवले कपिलवस्तु सहित देशभर सबैभन्दा ठुलो समस्याको रुपमा रहेको भुमिसम्बन्धी समस्यालई गठबन्धनको सरकाले समधान गरि प्रत्येक सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । यदि गठबन्धनको सरकार बनेर सुकुम्बासी परिवारको हातमा लालपुर्जा वितरण गर्न नसके पछि बन्ने आफ्नै सरकारको पनि केही अर्थ नहुने उहाँले बताउनु भएको हो । केहीले सुकुम्बासीको समस्यालाई चुनावी एजेण्डा बनाएको आरोप लगाए पनि आफुहरुले त्यस्तो नगरेको बताँदै आफुहरुले नापी लगायतका भुमि सम्बन्धी काम गर्ने विभिन्न क्षेत्रसगँ छलफल गरेर हातहातमा लालपुर्जा दिने आश्वासन दिनुभएको छ ।

सोमवार साँझ कपिलवस्तु जिल्लाको चारनम्बर चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै अबको निर्वाचन पछि गठबन्धन बाहेक अरु कसैले सरकार बनाउने सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाँले संविधानलाई खेलौना सम्झिने दलहरुले अब चुनाव जितेर सरकारमा जाम्ला भन्ने सपना नदेख्न आग्रह गर्नुभएको हो । काङ्ग्रेस सङ्ग धेरै पहिला देखी नै सहयात्रा गरेर देशमा ठुलाठुला परिवर्तन गरेको भन्दै अबको निर्वाचनमा अहिलेकै गठबन्धनको सरकाल बन्नेमा विश्वस्त रहन उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै चारनम्बर बजारलाई व्यवस्थित तरिकाले विकास गर्ने पनि बताउनु भएको छ ।

कपिलवस्तुको केन्द्रको रुपमा रहेको चारनम्बर बजारलाई गठबन्धनको सरकारले सुविधा सम्पन्न सहरको रुपमा विकास गर्ने बताउनु भयो । त्यस्तै उहाँले कपिलवस्तुलाई खेल क्षेत्रमा अघि बढाउनको लागि बुद्ध रङ्गसाला, मायादेवी रङ्गसाला लगायत जिल्लाका विभिन्न खेलमैदानलाई पनि व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation