अधिनायकवादका एसमेनले काङ्ग्रेसलाइ पाठ सिकाउनु हास्यास्पद डा. भण्डारी

गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अधिनायकवादका ‘एसमेन’ हरुले कांग्रेसलाई विद्रोहको पाठ पढाउन खोज्नु हास्यास्पद भएको बताउनु भएको छ । नेता भण्डारीले अधिनायकवादले जेलिएको आफ्नै पार्टीभित्र चुईक्क बोल्न नसक्नेहरुसँग विद्रोहको पाठ पढाउने कुनै नैतिक आधार नभएको जिकीर गर्नु भयो ।

चुनावी अभियानका क्रममा सोमवार रेसुङ्गा नगरपालिकामा भएको कार्यक्रममा बोल्दै प्रतिनिधीसभा गुल्मी १ का उमेद्धवार समेत रहनु भएका भण्डारीले कांग्रेसभित्र सहीलाई सही र गलतलाई गलत भन्न पाईने संस्कार भएको हो। आफ्ना प्रतिस्पर्धी उमेद्धवार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीतर्फ इङ्गित गर्दै भण्डारीले आफ्नो पहलमा शुरु भएका योजना पुरा गरी अनर्गल प्रचार गर्नु गैर राजनीतीक चरित्र भएको बताउनु भयो । केही दिन अघि छत्रकोट १ हुँगाको एक कार्यक्रममा बोल्दै ज्ञवालीले कांग्रेस, माओवादी जनमोर्चा लगायतसँग गठबन्धन गरेर गलत बाटेमा लागेको भन्दै त्यसका विरुद्ध असली कंग्रेसहरुले विद्रोह गर्नु पर्ने आशयको अभिव्यक्ति दिनु भएको थियो ।

त्यसको जवाफमा भण्डारीले भन्नुभयो ” बहुमतको उन्माद् थेग्न नसकेर असंवैधानिक तवरले संसद विघटन गर्ने, आफ्नै पार्टी फोड्न अध्यादेश ल्याउने, भ्रष्टाचारका काण्डैकाण्डले किर्तीमान बनाउने, कोभिडकालमा जनता घरभित्र थुनेर सांसद अपहरण गर्न पठाउनेहरुसँग विद्रोह गर्ने ल्याकत को सँग रहेछ देखियो नि ।”यसको प्रति उत्तर जस्तो देखिने भण्डारीको अभिव्यक्तिले के पी ओलीको गलत कदमको आलोचना गर्न चुकेको भनी ज्ञवाली माथि उठ्दै आएको प्रश्नलाई थप बलियो बनाई दिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation