नेपाललाई गणतन्त्र चाहिएकै होइन् : राणा

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले नेपाललाई गणतन्त्र आवश्यक नभएको बताउनुभएको छ । गणतन्त्र भित्रिएपछि नेपालको सार्वभौमिकतामा असर परेको भन्दै नेपाललाई गणतान्त्रिक ब्यवस्थाको सट्टा प्रजातान्त्रिक राज्य ब्यवस्था सुहाउँने तर्क समेत गर्नुभएको छ ।

कपिलबस्तुको लबनीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशका ठुलादल काँगे्रस, कम्युनिष्टहरुले नेपाल बिगारेको आरोप समेत लगाउनुभयो । राणाले कपिलबस्तु १ को सवालमा सबै राप्रपाका मतदाताले प्रतिनिधिसभामा हलोमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गर्नुभयो ।

उहाले कांग्रेसको कारण देश संकटमा परेको आरोप लगाउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी एक भएर लाग्ने समेत बताउनुभयो । कपिलबस्तुबाट प्रतिनिधी सभा सदस्यमा धु्रव रायमाझीलाई अत्यधिक मत दिएर जिताए जिल्लाको बिकासमा परिवर्तन आउने समेत राणाको भनाइ छ ।

चुनावी कार्यक्रममा माओवादी केन्द्र शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का वडाकमिटी अध्यक्ष मिथिलेश पाण्डे, जनता समाजवादी पार्टी लगायतका दलका करिब सयजना राप्रपा प्रवेश गरेको राप्रपा लुम्बिनी प्र्रदेश सदस्य तथा प्रचारप्रसार संयोजक प्रदिप श्रीवास्तवले बताउनुभयो ।

कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, कपिलबस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभाम सदस्यका उम्मेद्वार धु्रब रायमाझी, १९क०का उम्मेद्वार भोजराज आचार्य, १ (ख) का उम्मेद्वार रहिश शाह, शिवराज नगरपालिकाका मेयर अजय थापा लगायतको सहभागिता थियो ।

राप्रपा कपिलबस्तु अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको सभाको संचालन अमेरिका चौधरीले गर्नुभएको थियो

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation