आफ्नो गाउँ आफै बनाउ अभियान सफल पार्न गठवन्धनलाई मतदान गर्न नेतृ पौडेलको आग्रह

उपकार अनलाइन, प्युठान ।
रास्ट्रिय जनमोर्चाकि केन्द्रीय उपाध्यक्ष एवम् प्युठानबाट प्रतिनिधि सभा सदस्य उमेदवार नेतृ दुर्गा पौडेलले आफ्नो गाउँआफै बनाउ अभियानलाई सफल पार्न गठवन्धनका साझा उमेदवारहरुलाई मतदान गरि विजयी गराउन आम मतदाता समक्ष आग्रह गर्नु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका ४, साविक उदयपुरकोट ९ सिरवारीमा सम्पन्न चुनावी अभियानलाई सम्बोधन गर्दै नेतृ पोडेलले यस्तो आग्रह गर्नु भएको हो।

सांसद हुँदा प्युठानका सवै पालिकाहरुमा समान बजेट परिचालन गरेको,महिला,दलित,विपन्न तथा समग्र प्युठानीहरुको हकहितका निम्ति संसद लगाएत विभिन्न स्थानबाट आवाज उठाएको उल्लेख गर्दै यस पटकको निर्वाचनमा आफू बाम लोकतान्त्रिक गठवनकै साझा उमेदवार भएकाले साझा एजेन्डासँगै समग्र प्युठानको विकास र समृद्धि मा हातेमालो गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भयो।सांसद कार्यकालमा जिल्लाको विकास र समृद्धिमा आफ्नो उल्लेख्य योग्दान रहे पनि नेकपा एमालेले कु(प्रचार गर्दै भ्रम छर्ने काम गरेको उहाँको दावी थियो।उहाँले यस पटकको निर्वाचनमा समेत गिलास चिन्हमा मतदान गरि आफुलाई विजयी गराउन आह्वान गर्नु भयो। यस्त‌ै प्रदेश सभा सदस्य पदका उमेदवार कृष्ण अधिकारी प्रकाशले प्रतिगमनकारी शक्तिलाइ परास्त गर्न बाम लोकतान्त्रिक गठवन्धनका साझा उमेदवारलाई मत दिन आग्रह गर्नु भयो।नेकपा एमालेले दुई पटक सम्म संसद विघटन गरी व्यवस्था उल्टाउन कु(चेस्टा गरेको उहाँको दावी थियो।नेकपा एमालेले राप्रपा सँग मिलेर संघियालाई धरापमा पार्न खोजेको उहाँको आरोप छ।

फरक प्रसङ्गमा उहाँले पुरान‌ै व्यवस्था उल्टाउन खोजेको उल्लेख गर्नु भयो।माण्डवी गाउँपालिकाले निस्शुल्क स्वास्थ्य विमा कार्यक्रम लागू गरेको,एकीकृत र समावेशी शिद्धान्त अनुरुप विकास र समृद्धि को समग्र गतिविधिलाई अगाडि बढाएको प्रसङ्ग जोड्दै वास्तविक विकास र समृद्धिको सहयात्री गठवन्धन सरकारमात्र बन्न सक्ने उहाँको दावी थियो।उहाँले आफ्नै भौगोलिक क्षेत्रहरुको वास्तविक समस्या,माग र आवश्यकता माथि आफू पुर्ण जानकार रहेको बताउँद‌ै बाम लोकतान्त्रिक गठवन्धनका सम्पुर्ण उमेदवारलाई मतदान गरि विजयी बनाउन र विकास र समृद्धिमा सँगै सहयात्रा गर्ने अवसर प्रदान गर्न आग्रह समेत गर्नु भयो।गएको स्थानीय निर्वाचनबाट क्षेत्र नं.१ मा रहेका ३१ वटा वडा मध्ये २२ वटा वडामा गठवन्धन र वाँकी ९ वटा वडा मा मात्र एमालेको सरकार बनेको स्मरण गराउँदै मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछि संघ तथा प्रदेश दुवै तहमा ५ दलिय गठवन्धनको सरकार बन्ने उहाँ जिकिर थियो।

उहाँले प्रतिनिधि सभामा गिलास,प्रदेश सभामा गोलाकार भित्र हसिया हथौडा र समानुपालिकमा आ(आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न सवै उपस्थित मतदाताहरुलाई आग्रह गर्नु भयो।कार्यक्रममा झण्डै १०० जना नेता कार्यकर्ता तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो। मंगलवार माण्डवी गाउँपालिका ४ का विभिन्न टोलरवस्तीहरुमा चुनावी अभियान सम्पन्न गर्ने कार्यतालिका रहेको बाम लोकतान्त्रिक गठवन्धनको उच्च स्रोतले बताएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation