राप्रपामा समावेश भयो राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तु

उपकार अनलाइन, कपिलवस्तु ।
राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा समावेश भएको छ । बुधवार राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निरपाले थारुद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै उक्त मञ्च राप्रपामा समावेश भएको जानकारी गराएका हुन ।

विगत लामे समयदेखी कपिलवस्तुवासीका भूमि सम्बन्धी समस्यामा आवाज उठाउँदै आएको भए पनि जिल्लाका ठुला राजनैतिक दल माओवादी, काङ्ग्रेस र एमाले जस्ता दल र ति दलका नेतृत्वले समस्या समधान तर्फ कुनै चासो नदेखाएको र अहिले राष्ट्रका लागि राप्रपाका विचार, सिद्धान्त र एजेण्डा उचित रहेको र राप्रपाको नेतृत्व समेत आस लाग्दो रहेकोले राप्रपा सङ्ग सम्मीलित भएको उक्त प्रेस विज्ञप्तीमा राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तुले जनाएको छ । त्यस्तै उक्त मञ्चका सदस्य र पदाधिकारीलाई समेत तल्लो तहदेखी जिल्ला सम्मै सम्मानजनक स्थान दिने समेत सहमति अनुरुप राप्रपाका केन्द्रीय सदस्य धुव्र रायमाझीको रोहवरमा उक्त सम्झौता गरिएको विज्ञप्तीमा उल्लेख भएको छ ।

राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर १ को थारु समुदायमा विशेष सक्रिय भएको पाउन सकिन्छ । यसका अध्यक्ष निरपाले थारु बणगंगा स्थित गजेहडाका वासीन्दा रहेका छन । उनी यस क्षेत्रको थारु समुदायमा निक्कै राम्रो प्रभाव जमाउन सफल व्यक्ति पनि मानिन्छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation