वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा.चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मीरुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले वृद्धभत्ताको व्यवस्था गर्ने अवधारणा आफूले ल्याएको दाबी गरे ।

‘यो वृद्ध भत्ताको कन्सेप्ट पनि मैले लिएर आएको हो । अहिले अब अरुले लिएर आएको हो भने । यसमा ठूलो कहानी छ ।’–भण्डारीले भने । खाली वृद्ध भत्ताको मात्रै कुरा गरिएको भनि टिप्पणी गर्दै उनले अब बैकल्पिकरुपमा जेष्ठ नागरिकलाई स्वतः अधिकारको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बैतर्नी तर्न मतदाताहरुलाई आह्वान गरे । मुलुकलाई निकास दिन र पुन्य कमाउन गठबन्धनलाई मतदान गर्न आह्वान गरे । उनले नेपालको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै नेपालमा पार्टीको सदस्यता भ्रष्टाचार गर्ने साधन बन्ने गरेको टिप्पणी गरे । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउँदै समृद्धिको बाटोमा लैजान जनताले दिएको दुईतिहाईको मतको सरकार ढलाउने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उनले बताए । सरकार ढलाउने र पार्टी फुटाउनेहरुलाई सजाय दिनु पर्छ, उनले भने, एमालेलाई मत नदिएर यसपटकको चुनावमा सजाय दिनु पर्छ ।

उनले प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवाली तर्फ लक्षित गर्दै सरकारमा रहेको अवस्थाको रातो कितावमा त्यस कालमा एउटा पनि पुल, सडक र विकासको योजना गुल्मीले नपरेको दाबी पनि गरे । आफुले सिद्धबाबाको विकल्पमा तयार गरेको सडक योजनामा एमाले सरकारले बजेट रोकेर सुरक्षित गुल्मी पुग्ने काममा बाधा हालेको उनले आरोप लगाए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation