निर्वाचनलाई लक्षित गरी गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक

गुल्मी। गुल्मीमा मादक पदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार देखि मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण र ओसारपसार गर्न रोक लगाएको जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आजदेखि मतगणना नतिजा सार्वजनिक नभएसम्मका लागि मदिरा बिक्री–वितरण, ओसारपसार गर्न रोक लगाउने निर्णय गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । प्रजिअ पौडेलका अनुसार त्यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation