पुरा नभएका पुरानै योजना पस्किएर भोट माग्दा सर्वसाधारण अन्योलमा

उपकार अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको चार नम्बरमा जेसिज कपिलवस्तुले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार र प्रदेश सभा क का उम्मेद्वारहरु र जनता बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । उम्मेद्वार, विभिन्न पार्टीका नेता, कार्यक्रता, सर्वासाधारण लगायत कायैँ मानिसको उपस्थितीमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा अधिकांस उम्मेद्वारहरुले पुरानै योजना, विचाहहरु सुनाएका थिए । निर्वाचनको समयमा शिक्षा, स्वास्थ्य, पुर्वाधार, कृषि, पर्यटन लगायतका पक्षलाई विशेष प्राथमिकता दिएका घोषण पत्र सुनेका सर्वसाधारण भने कस्को फरक योजना रहेको छ भन्ने पर्खाइमा रहेका थिए । तर त्यस्तो हुन सकेन । सधै एउटै योजना सुनेर थाकेका सर्वसाधारणहरुले यहाँ बाट कसलाई भोट दिने हुन त्यो हेर्न चाँहि मंसिर ४ नै कुर्नुपर्ने हुन्छ ।

यसै बिच गठबन्धन बाट प्रतिनिधि सभाका उम्मेद्वार तथा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले आफ्नो कार्यकालमा जनताको चाहाना र आवश्यक्ता अनुरुप कार्य गर्न नसकेको स्विकार्दै ति अधुरा योजनालाई पुरा गर्नको लगि आफुलाई जिताउनु पर्ने बताउनु भएको छ । सात प्रदेशमा सात कृषि बजारको अवधारण आफुले ल्याएको दाबी गर्दै कृषिमा केन्द्रको सरकार बाट हुने कार्यलाई सकेसम्म गरेको तर केही कारणले चाहे जति गर्न नसकेको उहँले बताउनु भएको छ । कृषिमा युवा भन्ने योजना पनि आफुले नै ल्याएको दाबी गर्ने बलदेवले आफ्ना फरक योजना भने सुनाउन सकेनन । केन्द्र बाट ठुला योजना निर्माण गर्ने र बजेट बाँडफाड गर्ने काम केन्द्र बाट गर्ने तर खास काम स्थानिय तहले गर्ने भए पनि कपिलवस्तुमा आफु निरन्तर लागिरहेको बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेद्वार बलराम अधिकारीले आफु निर्वाचित हुँदा आफुहरुले संविधान बनाएकोले अब निर्वाचित भएर जनताका आवश्यक्तलाई आत्मसाथ गर्ने बतउनु भएको छ । आफ्नो सरकार भएको बेलामा कपिलवस्तु बासीका मात्र नभएर देश भरिका जनताको लागि निक्कै धेरै उपलब्धि भएको दाबी गर्दै अहिले आफुले जनता सङ्ग सार्वजनिक गरेका घोषण पत्रलाई कार्यन्वयन गर्ने प्रतिबद्धता नर्गुभएका उहँले पनि अन्य कुनै खास योजना भने सुनाउन सक्नुभएन । एमाले नेतृत्वको सकार हुंदा ३ सय भन्दा बढी कानुनहरु निर्माण गरेको र अझै २ सय कानुन निर्माण गर्न बांकी रहेको स्पष्ट पार्दै गठबन्धन सरकारले कानुन समेत कार्यान्वनयन गर्न नसकेको बताउनुभयो । चार नम्बर देखि सदरमुकाम तौलिहवा जाने सडक कालोपत्रे गर्ने कार्य आफ्नै पहलमा भएको समेत दावि गर्दै अन्य विकास निर्माणका कार्यको बारेमा स्पष्ट पार्नुभयो । अधिकारीले एमाले नेतृत्वको सरकार हुंदा विकास निर्माणका काम गरेको र बाहिर हुंदा प्रतिपक्षको भुमिका कुशलता पुर्वक पुरा गरको बताउनुभएको छ । नागरिकका जिज्ञासाको जवाफ दिंदै योजना विना सफल नभईने भन्दै सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या सधैका लागि समाधान आफ्नो विशेष भुमिका रहने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार धुर्व रायमाझीले राजतन्त्र विरोधि नभएर नेताहरु इमान्दारी नहुदाँ देशमा बिकास हुन नसकेको दावी गर्नुभएको छ । पटक पटक निर्वाचित भएका नेताको काम हेर्नको लगि भर्लवास देखी जिनुवा सम्मको बाटो हेरे छर्लङ्ग हुने भन्दै अब पनि जनताले पुरानै अनुहार रोज्ने प्रथालाई नभुले देश ठुलो दलदलमा फस्ने दाबी गर्नुभएको छ ।

त्यस्तै जनमत पार्टी प्रतिनिधिसभाका उम्मेद्वार नरेन्द्र चौधरीले हाम्रो धान पहिला सिङ्गापुर, मलेसिया लगायतका देशमा जान्थ्यो तर अहिले विभिन्न देश बाट धान लगायतका खाद्य पदार्थ यहाँ आउने स्थिती अहिलेका नेताका कारण भएको भन्दै त्यसलाई रोक्न आफुलाई जिताउनु पर्ने बताउनु भएको छ । यहीँ बाट निर्वाचन जितेर पटक पटक मन्त्री, सांसद हुदा पनि दक्षिण कपिलवस्तुको बिकास हुन नसकेको बताउनु भएको थियो ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार उत्तम आलेले चार नम्बर र सहरि क्षेत्रलाई मात्र विशेष प्राथमिकता दिँदा भित्रि गाउँहरु आधारभुत आवस्यक्ता बाट बञ्चित भएको बताउनु भएको छ ।

त्यस्तै लोरो अभियान बाट प्रतिनिधि सभा का उम्मेद्वार बनेर आफुलाई स्वतन्त्र दाबी गर्ने इन्जिनियर देबेन्द्र शर्माले अब आफ्ना हजुर बुबा सरहका नेतलाई सरसम्मान बिदा गर्दै देश र विकासको साँचो युवालाई सुम्पिनु पर्ने बताउनु भएको छ ।

त्यस्तै नेकपा एमालेका प्रदेश सभा क का उम्मेद्वार विश्णु पन्थिले आफु पहिला सांसद हुँदा आफ्नो समयको ९० प्रतिशत समय जनता सङ्गै बिताएको दावी गर्नुभएको छ । कपिलवस्तु पर्यटनको हिसाबले पनि निक्कै अघि रहेको बतँउदै त्यो सम्भावनालई सदुपयोग गर्न सके जिल्ला नेपालमै नमुना बन्ने बताउनु भएको छ । आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका विभिन्न क्षेत्रमा आफुले सक्दो कामा गरेको भए पनि धेरै काम गर्न अझै बाँकी रहेको उहाँले बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै गठबन्धन बाट प्रदेश सभा क का उम्मेद्वार डोलकराम घिमिरिले कपिलवस्तुका भित्री गाउँहरुमा बाटो, शिक्षा, स्वास्थ्य, खानेपानि लगायतका आवश्यक्ताको समेत हाहाकार रहेकोले ति आवश्यक्तालाई पुरा गर्नको लागि आफ्नो उम्मेद्वारी रहेको बताउनु भएको छ । त्यस्तै उहँले कपिलवस्तुलाई कृषिमा सम्पन्न गराउनको लागि बाणगंगामा रहेको पानिलाई व्यवस्थित गर्दै सिंचाइको सुविधा मिलाउनु पर्ने बतउनु भएको छ । त्यस्तै उहँले सर्वजनिक पदमा बसेका सम्पुर्ण ब्याक्तिको सम्पत्ति जाच गर्ने हो भने देश स्विजरल्यान्ड बन्ने दाबी समेत गर्नुभएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation