नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही ५ पछाडि पर्यो : भट्टराई

रूपन्देही । नेपाली कांग्रेसको अयोग्यता कारण रूपन्देही क्षेत्र नं. ५ पछाडि परेको नेकपा एमालेका पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले बताउनु भएको छ । लुम्बिनी संस्कृतिक नगरपालिका स्थित खुनगाईमा आयोजित नेकपा एमालेको चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

रूपन्देही क्षेत्र नं. ५ मा नेपाली कांग्रेसले तीन पटक जितेर १५ वर्षसम्म केही काम गर्न नसकेको आरोप लगाउदै उहाँले भन्नुभयो नेपाली कांग्रेसका कारण यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, उद्योग व्यावसय, भौतिक पूर्वधारहरू बाटो–पूल निर्माण, फोहोरमैला व्यवस्थापन लगाएत विकासका सबै काम पछि परेका छन् , नेपाली कांग्रेसले केही काम गरेन।झ नेपाली कांग्रेसबाट अब देश चल्न नसक्ने र यस क्षेत्रको विकास हुन नसक्ने उहाँको भनाई छ । लुम्बिनी क्षेत्रको विकास जुन गतिमा हुनु पर्ने हो त्यो नभएको बताउदै उहाँले भन्नुभयो गठबन्धन सरकारले महंगी, भ्रस्टाचार बढाएको छ, अब आर्थिक क्रान्ति सहितको विकास चहिएको छ, त्यो नेकपा एमालेले पूरा गर्छ ।

रूपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले नीति निर्माण देखि विकासका कार्यमा अगुवाई गरिने बताउनु भयो । ककरहवा नाका संग जोडिएर रहेको कालिदह भन्सारलाई व्यवस्थित बनाइने, लुम्बिनी र यस बाहिर रहेको बौद्धकालिन सभ्यता संग गाँसिएर रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा विकास गरिने उहाँले प्रतिबद्धता जनाउनु भयो । सबै जात धर्मको सम्मान गर्दै यस क्षेत्रको समृद्धि र विकास आफ्नो जिम्म भएको उहाँले बताउनु भयो ।

रूपन्देही क्षेत्र नं। ५ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादवले प्राथमिकताका आधारमा स्थानीयहरूको सहभागितामा विकासका काम गरिने बताउनु भयो । यस क्षेत्रको कृषि,पर्यटन,शिक्षा, स्वास्थ्य लगाएत भौतिक पूर्वधारको विकास गरिने उहाँको भनाई छ ।
रूपन्देही क्षेत्र नं.५ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरे, रूपन्देही क्षेत्र नं. ५ (क) बाट भूमिश्वर ढकाल र रूपन्देही क्षेत्र नं। ५ (खं) बाट रामचन्द्र यादव प्रदेश सभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation