कपिलवस्तु जिल्लाको विकास र यसको पहिचान नै मेरो मुख्य एजेन्डा हो : अब्दुल रसिद खाँ

इमरान खान, कपिलवस्तु ।
कपिलवस्तु । जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा क्षेत्र नम्बर २ (ख) मा चुनावी प्रचार, कार्यकर्ता भेटघाट अभियानलाई निरन्तरता दिदै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डाक्टर अब्दुल रसिद खाँ द्धारा अयोजित प्रचार, कार्यकर्ता भेटघाट एवं घरदैलो कार्यक्रम भब्य रुपमा अभियान गरेका छन ।
विगत बर्षौ देखि विभिन्न दलहरूले यस क्षेत्रमा राज गरे तर कपिलवस्तुको पहिचान सहित विकास केही पनि गर्न नसकेको उम्मेदवार डा.अब्दुल रसीद खाँले बताए । कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्रमा एउटा राम्रो उच्चस्तरको क्याम्पस , सुविधा सम्पन्न स्वास्थ्य अस्पताल नहुनु दुखद कुरा रहेको खाँको भनाइ रहेको छ । कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ को (ख) मा गुणस्तरीय शिक्षाको पहुँच , गुणस्तरीय स्वास्थ्य , सडक ,कृषि र पर्यटनको विकासका लागि चुनाव चिन्ह छातामा मतादान गरी भारी मतले जिताउन उम्मेदवार खाँ लै सबै मतदाता संग आग्रह गर्नु भएको छ । कृषकहरुलाई समयमा मल खाद बिउहरु उपलब्ध नहुनु ठुलो बिडम्बना को कुरो रहेको छ । यस क्षेत्र बाट वर्षौंदेखि बिभिन्न दलका शीर्ष नेताहरुले राज गरे तर कृषकका मर्का बुझना सकेनन र बिकास गर्न सकेनन कपिलवस्तु जिल्लाको एक आर्कै पहिचान रहेको छ ।

राजा शुद्धोधनको राजधानी तथा भगवान गौतम बुद्धको जिवनी बितेको एउटा आफ्नै पहिचान रहेकोले यसलाई अगाडि बढाएनन । पराटकियले भरे परेको कपिलवस्तु जिल्लाको पहिचान समेत गराउना सकेनन यस्तो आवस्था हेरेर आफु उम्मेदवारी दिएको डाक्टर अब्दुल रसिद खाँले बताए । बिगतको मधेस अन्दोलन देखि मधेश र मधेशी ,आदिवासी, जनजाति ,दलित ,मुस्लिम ,महिला , पिछडवार्ग लगायतको हकअधिकारकाको लागि डा.अब्दुल रसीद खाँ अग्रपङ्तीमा रहेर भुमिका निर्वाह गर्दै अएका छन । खाँले आफ्नो ज्यानको बाजी लगाएर मधेसी, अधिवासी, मुस्लिम, जनजाति, दलित, महिला लगायत अल्पसंख्यक समुदायका लागि अन्दोलनमा अग्रपङ्तीमा रहेर योगदान गरेको सर्वतितै छ । डाक्टर अब्दुल रसिद खाँ जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत हुन । प्रचार, कार्यकर्ता भेटघाट एवं घरदैलो अभियानमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, जसपा नेपालकी समानुपातिक उम्मेदवार साधिका यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल,जसपा नेपालका केन्द्रीय सदस्य राम निवास यादव, युवा नेता इरफान खान लगायत ५ सय भन्दा बढी कार्यकर्ता तथा जनसमुदायहरुको उपस्थितिमा कार्यकर्ता भेटघाट एवं घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

डाक्टर अब्दुल रसिद खाँ द्वारा सम्पूर्ण कपिलवस्तु जिल्लाको क्षेत्र नम्बर २ को (ख) का सम्पूर्ण मतदाताहरु सँग आफ्नो अमुल्य मत चुनाव चिन्ह छातामा दिएर भारी बहुमतले विजयी गराउन सम्पुर्ण मतदाताहरुमा अनुरोध समेत गरेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation