घण्टीमा मतदान गर्न पौडेलको आग्रह

उपकार अनलाइन, सैनामैना ।

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आउन मात्र अव ४ दिन बाकी छ । प्रचार प्रसार भने विहीवार राती सकिदै छ । राजनैतिक दलका उमेदवारले आफ्नो चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन ।

यस्तै रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पदका उमेदवार गणेश पौडेल पनि आफ्नो चुनावी प्रचार तथा घरदैलामा व्यस्त छन । बुटवल, सैनामैना लगाएत रुपन्देही क्षेत्र नं २ अन्तर्गत पर्ने प्रत्येक स्थानमा पुगेर उनले आफ्नो चुनाव चिन्ह घण्टीमा मतदान गर्न आग्रह समेत गरेका छन ।

पौडेलको प्रतिवद्धता पत्रमा उल्लेखित प्रतिवद्धता यस प्रकार रहेका छन् ।

१.प्रदेश सभा खारेजीका लागी
२.निशुल्क र गुणस्तरीय सिपयुक्त शिक्षा र स्वास्थ्यका लागी
३ .धर्म,सस्कृति र इतिहासको संरक्षण गर्न
४.भ्रष्टचारीहरुलाई कार्वाही गर्न र स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्न
५.लुम्बिनी क्षेत्रलाई शान्तिको राजधानी घोषणा गराई विश्वभरका पर्यटकहरुलाई भित्रयाउन
६.सुकुम्बासी समस्या तथा सडक र खानेपानी समस्या समाधान गर्न
७.व्यापारी ,कृषक,विद्मार्थीतथा युवाहरुसंग हातेमालो गर्न
८.युवाहरुलाई रोजगारीको अवसर सृजना र कृषि औद्मेगिकरण गर्न
९.रुपन्देहीलाई मौलिकता सहितको अन्तर्राष्ट्रिय स्तरको शहरको रुपमा विकास गर्न
१०.अदुरदर्शिता र अकर्मण्यताको बन्दी बनेका पारम्परिकनेताहरुको भरपर्दो विकल्पका लागी
गरिब असहायलाई १ छाक पेट भर्ने अभियानकर्ता ,बेवारिसे शव व्यवस्तापनकर्ता साथै भ्रस्टाचार विरोधी अभियान्ताका रुपमा परिचित पौडेलले स्वास्थ्य विषयमा स्नाकोत्तर गरेका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation