घरघरमा भोट माग्दै ठुला दल, हजारौ जनता लिएर राजमार्गमा चापाकल

उपकार अनलाइन, कपिलवस्तु ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोटरसाइकल तथा कारहरुमा तामझाम चुनाव चिन्ह् अंकित झन्डा सहितको र्याली कपिलवस्तुको ४ नं. मा आएर कोणसभामा परिणत भयो । बि पि को नीति शिद्दान्तलाइ स्वतन्त्र भएर स्थापित गराउने उद्धेश्य लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार ललित गुरुङ प्रतिनिधिसभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर १ को स्वतन्त्र उम्मेदवार हुन् । गुरुङको चुनाब चिन्ह चापाकल (नल्का) हो ।

बुधवार चुनाब चिन्ह चापाकल झन्डा र ब्यानर बोकेर चुनाबी प्रचार प्रसारमा हिडेका मोटरसाइकल तथा गाडिहरुका दृश्यले चार नम्बर क्षेत्र का धेरै लाई एकछिन ध्यान केन्द्रित गरेको थियो। आ–आफ्ना घोषणा पत्र र एजेन्डा सहित घरदैलोमा जनताको आशीर्वाद ग्रहण गर्दै चुनावी प्रसार मा लागेका अरु ठुला दलहरुका साथ लौरो ,घन्टी,पुतली, सुइ, ढकिया, त्रिशूल, चापाकल लगायतका चुनाब चिन्ह लिएका र पाएका नयाँ रजिस्ट्रेड दल तथा स्वतन्त्र उम्मेदवारहरुले देश ब्यापी रुपमा आआफ्ना क्षेत्रमा सहगर्मी पैदा गराइ राष्ट्रिय स्तरका ठुला सबै दलहरुलाइ तरङ्गित बनाएकाछन । कपिलवस्तु को १ नम्बर क्षेत्रमा राजनैतिक , सामाजिक ,शैक्षिक,भौतिक हरेक बिकासको इच्छाशक्ति हुने हो भने राष्ट्रिय राजनीति तथा दलगत हिसाबले पार्टी तथा सरकारको केन्द्रमा शक्तिशाली पद र पहुचमा भएका र रहिरहन सक्ने बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव), नेकपा एमाले जिल्लाका शालिन नेता संबिधान सभा सदस्य बलाराम अधिकारी, राप्रपाका केन्द्रिय सदस्य तथा युवा नेता धुर्व रायमाझीको मुख्य प्रतिस्पर्धा रहने देखिएको छ।

लौरो अभियानका युवा उम्मेदवार इन्जिनियर देबेन्द्र शर्मा पनि यसै क्षेत्रमा सबैको साथ सहयोगको अपेक्षा सहित युवाको जित हुनेमा बिस्वस्त भइ लाग्नुभएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation