कपिलवस्तुमा पुरा भयो निर्वाचन सम्बन्धि सम्पुर्ण तयारी

उपकार अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा भोलि मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

तिन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा रहेको कपिलवस्तुमा २ सय ३४ मतदानस्थलमा र ४७२ स्थायी १ अस्थायी गरि जम्म ४७३ मतदान केन्द्रमा निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा भैसकेकोले सुचना अधिकृत अनिता क्षेत्रीले जानकारी दिनुभएको छ ।
कपिलवस्तुका २ सय ३४ मतदानस्थलमध्ये २८ वटा मतदान स्थललाई अति संवेदनशी, एक सय ७ वटा मतदानस्थल संवेदनशील र ९९ मतदानस्थललाई सामान्य रुपमा राखिएको छ ।

आगामि निर्वाचनको लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन भने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation