भोट खसाल्न जाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस् !

काठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचय पत्र नभएमा परिचय खुल्ने अन्य कागजात लिएर मतदान केन्द्रमा जान आग्रह गरेको छ ।

भएसम्म मतदाता परिचयपत्र बोकेर जान र नभएमा आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्र बोकेर जान सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।

यस्तै निर्वाचन आयोगले मतदानका लागि जाँदा मतदान केन्द्र भित्र मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका कुनै पनि निषेधित वस्तुहरू नलैजान भनेको छ ।

यस्तै आयोगले अरूको नाममा मत नहाल्न, दोहोर्‍याएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भएरनभएको यकिन गर्न पनि आग्रह गरेको छ ।

आयोगले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाएर ४ वटा छुट्टै मतपेटिकामा मतदान गरिसकेपछि मतदानको कार्य सकिने भएकाले मतदान केन्द्रबाट बाहिर निस्किएपछि सिधा आफ्नो वासस्थानतर्फ लाग्न आग्रह गरेको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation