पाल्पाको एक मतदान केन्द्रमा समानुपातिक मतपेटिका साटियो, खसेको मत रद्द गरी फेरि मतदान सुरु

पाल्पा । पाल्पाको एक मतदान केन्द्रमा खसेको ६८ मत रद्द गरी पुनः मतदान सुरु गरिएको छ ।
तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा भएको मतदानमा सङ्घ र प्रदेशको समानुपातिकको मतपेटिका साटिएपछि खसेका ६८ मत रद्द गरी पुनः मतदान गरिएको हो ।

मतपेटिका साटिएको थाहा भएपछि भएको विवादले केही बेर मतदान प्रक्रियासमेत रोकिएको थियो । विवादपछि खसेका सबै मत रद्द गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाएर मतदान अघि बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

दोहोर्‍याएर मतदान गर्नु परेपछि जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation