रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राति १० बजे देखि मतगणनाको तयारी

बुटवल । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण भने अझै आइसकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै अन्तिम विवरण आइसक्ने बताए ।

मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation