रुपन्देही–४ मा मतगणना सुरु

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।

निर्वाचन सहायक अधिकृत राकेश चौधरीका मतपत्र पट्याएर गणना प्रक्रिया सुरु भएको हो । यो निर्वाचन क्षेत्रमा १ लाख १० हजार ६ सय ५९ मतदाता थिए । ७७ हजार ६४ जनाले मतदान गरेका छन् । रुपन्देही ४ मा कांग्रेसका प्रमोद यादव, जसपाका ओमप्रकाश यादव, लोसपाका सर्वेन्द्रनाथ शुक्लालगायत उम्मेदवार रहेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation