रुपन्देही –५ मा मतगणना सुरु

उपकार अनलाइन, रुपन्देही ।
रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो ।

अहिले कार्यालयमा तीन ठाउँमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका बासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा हुनुहुन्छ । एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation