कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।
पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर र कृषि सामग्री केन्द्र बहादुरगन्ज मत गणन सुरु भएको छ। मतगणना साढे ११ बजे बाट सुरु भएको जनाइएको छ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट अभिषेक प्रताप शाह, नेकपा एमाले बाट मंगल गुप्ता,जनता प्रगतिशील पार्टी बाट इश्वर दयाल मिश्र, राप्रपा बाट प्रकाश रजौरिया बीच प्रतिस्पर्धा रहेको जनाइएको छ।

कपिलवस्तु क्षेत्र नं ३ मा कुल १ सय ४६ मतदान केन्द्र रहेको थियो। मतदान स्थल ७२ स्थल रहेको तोकिएको छ। क्षेत्र नं ३ मा कुल १ लाख १५ हजार ५ सय ४३ मतदाता संख्या रहेको छ। पुरुष ६२ हजार २ सय २२ रहेका छन भने महिला ५३ हजार ३ सय २१ रहेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation