कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कपिलवस्तु नगरपालिकाको सभाहलमा मतगणना सुरु गरेको हो । बुद्धभुमि नगरपालिका वडा नम्बर १ को फचकैया स्थित रामेश्वर आधारभुत बिद्यालयको मतदानस्थलको दुई केन्द्रको प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको गणना एकै साथ सुरु गरिएको हो ।

त्यहाँको दुई मतदान केन्द्रमा ८ सय ४० मत खसेको थियो । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख २१ हजार ६ सय ७६ मध्य ८४ हजार ५ सय ६९ ९६९।५०० प्रतिशत मत खसेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation