रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ को मतगणना रोकियो

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो ।

मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा मर्चवारको मतगणना भन्दै गलत तथ्यांक प्रस्तुत गरिएको छ । क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ । जस अनुसार साईकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मत प्राप्त गरेका छन् । यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।

फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने बिषयमा सो क्षेत्रमा विवाद हुदा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत आचार्यले यस बिषयमा सर्वदलिय बैठक बसि सहमतिको प्रयास भईरहेको बताए । उनले आधा घण्टा भित्रै मतगणना सुरु गरिने जानकारी दिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation