रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, एमालेका पौडेल पछिपछि

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन् भने एमालेका विष्णु पौडेलले १९४४ मत पाएका छन् । त्यस्तै स्वतन्त्र पार्टी (घर चिन्ह) का उम्मेदवारले १४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक सय ३१ मतदान केन्द्रबाट ८१ हजार दुई सय दुई मत खसेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation