![](https://upakaronline.com/wp-content/uploads/2022/11/314759415_674453107376581_6340578947393784910_n-670x420.jpg)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे ।
राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।