चितवन–२ मा रवि लामिछाने १४ सय मतले अघि

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्। उनलाई १४ सय मतको अग्रता छ। लामिछानले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन्। मतगणना जारी छ ।

ताजा मतपरिणाम अनुसार लमिछानेले १४ सयको मतान्तर बनाएका छन्। लामिछानेले ५ हजार ७९८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा छन्। सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation