रुपन्देही ५ मा एमालेका घिमिरे ३१५६ मत सहित अगाडी

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेकपा एमालेका बासुदेवी घिमिरे ३१५६ मत सहित अगाडी
देखिएका छन् । नेपाली कांग्रेसका भरत कुमार शाहले लिड गर्दै आएको सो क्षेत्रमा आज विहानै बाट घिमिरेले अग्रता लिदै आएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले १३ हजार ५ सय ५९ मत पाएका छन् भने उनका निकटतम प्रतिदोेन्द्धी नेपाली काग्रेसका भरतकुमार शाहले १० हजार ४ सय ३ मत पाएका छन् । यो क्षेत्रमा एमालेका घिमिरे भन्दा कांग्रेसका शाह बलियो उम्मेदवारको रुपमा हेरिदै आएका थिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation