रुपन्देही ४ (क) मा लोसपाका कन्हैया बनिया विजयी

भैरहवा । रुपन्देहीको प्रदेश सभा सदस्य ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन ।

कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २ सय ५३ मत पाएका छन । यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation