
उपकार अनलाइन, सैनामैना ।
रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरे फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ ।
घिमिरेले १८ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरत कुमार शाहले १३ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । घिमिरे शाह भन्दा ५ हजार १६ मतले अगाडी हुनुहुन्छ ।