रुपन्देही–२ मा विष्णु पौडेलले मतान्तर बढाउदैं

उपकार अनलाइन, सैनामैना ।

रुपन्देही–२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिनेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ७५५५ मत प्राप्त गरेका छन् ।

यसैगरी सुरुवातदेखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछिल्लो गणनामा दोस्रो स्थानमा रहँदै ६८६९ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ५५०२ मत प्राप्त गरेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation